२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा आजबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने, प्रधानन्यायाधीशले उद्घाटन गर्दै



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु हुने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित तारेख व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न लागेका हुन् ।

मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश श्रेष्ठ आफैँले तारेख दिने स्थानमा गई स्वचालित तारेख व्यवस्थापनको सुरुवात गर्न लागेका सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

यसअघि दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजबाट स्वचालित सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो । अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ । सिस्टमबाटै तारेखको मिति तोकिँदा तारेख छिटो वा ढिलो आएको भनी आउने गरेको गुनासो सम्बोधन हुने पौडेलले बताए ।

आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने सो अटोमेशन सिष्टमको शुरुवात गर्नलागेको बताए ।

तत्कालका लागि सर्वोच्च अदालतबाट अटोमेटिक तारेख व्यवस्थापन सुरु गरिने र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेकोउनले बताए ।