१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा आजबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने, प्रधानन्यायाधीशले उद्घाटन गर्दै



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु हुने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित तारेख व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न लागेका हुन् ।

मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश श्रेष्ठ आफैँले तारेख दिने स्थानमा गई स्वचालित तारेख व्यवस्थापनको सुरुवात गर्न लागेका सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

यसअघि दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजबाट स्वचालित सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो । अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ । सिस्टमबाटै तारेखको मिति तोकिँदा तारेख छिटो वा ढिलो आएको भनी आउने गरेको गुनासो सम्बोधन हुने पौडेलले बताए ।

आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने सो अटोमेशन सिष्टमको शुरुवात गर्नलागेको बताए ।

तत्कालका लागि सर्वोच्च अदालतबाट अटोमेटिक तारेख व्यवस्थापन सुरु गरिने र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेकोउनले बताए ।