२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै



file photo: can
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिसी एसिया कप खेल्न आज (सोमबार) पाकिस्तान प्रस्थान गर्दैछन् ।

उनी कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जाने भएका हुन्  । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी बिहान ११ः२० मा दोहा हुँदै मुल्तान पुग्ने कार्यतालिका छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार सन्दीपको पेसी २१ भदौलाई सारेपछि उनी एसिया कप खेल्न पाकिस्तान जाने भएका हुन् । अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले सन्दीपको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखेसँगै उनी पाकिस्तान जाने बाटो खुलेको थियो ।

नेपाली टोली यसअघि नै ५ भदौमा पाकिस्तान पुगेको थियो । कराँची पुगेको नेपाली खेलाडीले गत बिहीबारदेखि अभ्यास थालेका थिए । पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’मा रहेको छ ।

जसमा दुई महारथी पूर्व विश्व च्याम्पियन भारत र पाकिस्तानसमेत छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग उद्घाटन खेल खेल्नेछ  । यस्तै, १८ भदौमा भारतको सामना गर्नेछ ।