२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन चम्किँदा बायर्नको लगातार दोस्रो जित



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले अग्सवर्गलाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । एक गोल भने बायर्नले उपहारस्वरुप पायो । खेलको ३२ औं मिनेटमा अग्सवर्गका फेलिक्स उडोखईले आत्मघाती गोल गरेपछि खेलमा बायर्नले अग्रता लियो ।

४० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नको अग्रता ३–० ले बढाए ।

यता, ८६ औं मिनेटमा डिओन ड्रेना बेल्जोले गोल फर्काएपनि अग्सवर्गका लागि सान्त्वना गोल बन्यो । बायर्नको यो लगातार दोस्रो जित हो । टोली ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अग्सवर्ग १ अंकका साथ ११ औं स्थानमा छ ।