९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल पारीको मनाङमा मैत्रीपूर्ण फुटबल



अ+ अ-

काठमाडौँ । हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुने भएको हो । आईवार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गर्दै आयोजकद्वय बाइकोस नेपाल र एन्ट फाउण्डेसनले हिमाल क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको जानकारी दिएको छ । समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, ३१०० मिटर उचाईमा रहेको पिसाङ र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा तीन वटा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं गोलकिपर उपेन्द्रमान सिंह, हरि खड्का र अनिल गुरुङले उक्त अभियानमा रहने भएका छन् । उनीहरूले मैत्रीपूर्ण फुटबल पनि खेल्ने आयोजकले जनाएको छ । उक्त मैत्रीपूर्ण फुटबलमा मनाङ याक, पिसाङ याक र कान्जिसार याक गरी तीन वटा टोलीले प्रतिष्पर्धा गर्नेछन् । यस क्रममा नेपालका फुटबल स्टारसहित विभिन्न क्षेत्रका १८ जना सेलिब्रिटी र स्थानीयहरू मैत्रीपूर्ण फुटबलमा सहभागी हुने भएका छन् । तीन वटा क्लवबाट खेल्ने खेलाडीको पनि वर्गीकरण भइसकेको छ ।

आगामी सेप्टेम्बर ११ मा तिमाङमा, सेप्टेम्बर १२ मा पिसाङमा र सेप्टेम्बर १२ मा चामे, पिसाङ र मनाङका युवासम्मिलित टोलीको फुटबल हुने आयोजक एन्ट फाउन्डेसनका प्रमुख डा.पारस विक्रम ंिसंहले जानकारी दिनुभयो । सोही अवसरमा मनाङका युवा, महिलाहरू स्थानीय क्षेत्रको सस्कृति झल्कने किसिमका सांस्कृतिक प्रश्तुत पनि दिने भएका छन् । उक्त कार्यक्रमले उच्च हिमाली भेगमा खेलकुदका गतिविधि सञ्चालनका लागि पनि प्रोत्साहन मिल्ने आयोजकले विश्वास लिएको छ ।

उक्त कार्यक्रमको व्यवस्थापक नमस्ते मनाङ टुरका प्रमुख विनोद गुरुङले हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा मनाङको प्रवद्र्धन गर्न पनि यस खालका गतिविधि प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङसँग आफ्नो भावनात्मक नाता रहेको र यस पटक मनाङमा नै गएर फुटबल खेल्ने पाउनु खुशीको क्षण रहेको प्रतिक्रिया दिनुभयो ।

उक्त पत्रकार सम्मेलनमा सहभागी टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो । हिमाली क्षेत्रमा रहेका लोपन्मुख हिउँ चितुवा, याकको संरक्षण सँगै त्यहाँका युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्न पनि यो कार्यक्रम सहयोग पुग्ने आयोजकको विश्वास छ ।