• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?

हिमाल पारीको मनाङमा मैत्रीपूर्ण फुटबल



काठमाडौँ । हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुने भएको हो । आईवार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गर्दै आयोजकद्वय बाइकोस नेपाल र एन्ट फाउण्डेसनले हिमाल क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको जानकारी दिएको छ । समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, ३१०० मिटर उचाईमा रहेको पिसाङ र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा तीन वटा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं गोलकिपर उपेन्द्रमान सिंह, हरि खड्का र अनिल गुरुङले उक्त अभियानमा रहने भएका छन् । उनीहरूले मैत्रीपूर्ण फुटबल पनि खेल्ने आयोजकले जनाएको छ । उक्त मैत्रीपूर्ण फुटबलमा मनाङ याक, पिसाङ याक र कान्जिसार याक गरी तीन वटा टोलीले प्रतिष्पर्धा गर्नेछन् । यस क्रममा नेपालका फुटबल स्टारसहित विभिन्न क्षेत्रका १८ जना सेलिब्रिटी र स्थानीयहरू मैत्रीपूर्ण फुटबलमा सहभागी हुने भएका छन् । तीन वटा क्लवबाट खेल्ने खेलाडीको पनि वर्गीकरण भइसकेको छ ।

आगामी सेप्टेम्बर ११ मा तिमाङमा, सेप्टेम्बर १२ मा पिसाङमा र सेप्टेम्बर १२ मा चामे, पिसाङ र मनाङका युवासम्मिलित टोलीको फुटबल हुने आयोजक एन्ट फाउन्डेसनका प्रमुख डा.पारस विक्रम ंिसंहले जानकारी दिनुभयो । सोही अवसरमा मनाङका युवा, महिलाहरू स्थानीय क्षेत्रको सस्कृति झल्कने किसिमका सांस्कृतिक प्रश्तुत पनि दिने भएका छन् । उक्त कार्यक्रमले उच्च हिमाली भेगमा खेलकुदका गतिविधि सञ्चालनका लागि पनि प्रोत्साहन मिल्ने आयोजकले विश्वास लिएको छ ।

उक्त कार्यक्रमको व्यवस्थापक नमस्ते मनाङ टुरका प्रमुख विनोद गुरुङले हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा मनाङको प्रवद्र्धन गर्न पनि यस खालका गतिविधि प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङसँग आफ्नो भावनात्मक नाता रहेको र यस पटक मनाङमा नै गएर फुटबल खेल्ने पाउनु खुशीको क्षण रहेको प्रतिक्रिया दिनुभयो ।

उक्त पत्रकार सम्मेलनमा सहभागी टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो । हिमाली क्षेत्रमा रहेका लोपन्मुख हिउँ चितुवा, याकको संरक्षण सँगै त्यहाँका युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्न पनि यो कार्यक्रम सहयोग पुग्ने आयोजकको विश्वास छ ।