४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रियो’

‘चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रियो’
अ+ अ-

एजेन्सी । स्पेनिस फुटबलका महान खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् ।

इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय टोलीको वरिपरि के भएको छ भनेर मेरो दुःख व्यक्त गर्न चाहन्छु ।”

सन् २०१० को पुरुष फाइनलमा नेदरल्याण्ड्सविरुद्ध गोल गरी स्पेनलाई उपाधि दिलाउन सफल इजिरेका गोलकर्ताले भने, “विश्वकप जित्ने एक टोलीको सदस्यका रूपमा मलाई उहाँको उक्त कार्य (चुम्बन)ले हाम्रो उपलब्धिलाई कलङ्कित गरेको महशुस भएको छ ।”

सिड्नीमा इङ्ग्ल्याण्डविरुद्धको फाइनलमा १–० को जित हात पारेपछि हर्मोसोले ओठमा चुम्बन गर्न आफूले कुनै पनि समयमा सहमति नदिएको बताएकी थिइन् ।

हर्मोसो र स्पेनका अन्य ८० खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् ।

महिला टोलीका अधिकांश प्रशिक्षकले पनि राजीनामा दिएका छन् ।

“राष्ट्रिय टोलीका सबै खेलाडीले अहिले कस्तो महसुस गरिरहेका छन् म कल्पना पनि गर्न सक्दिनँ । उनीहरूले आफूसँग भएको महान प्रतियोगिता र हामीलाई सिकाएको शानदार फुटबलको बारेमा कसरी कुरा गरिरहेका होलान्,” इनिएस्टाले भने ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेको थियो ।

स्पेनी महासङ्घले रुबियाल्सले आफ्नो बचाउ गर्ने बताउँदै भनेको छ, “त्यसैले सत्यको विजय हुन्छ र उनको पूर्ण निर्दोषता प्रमाणित हुन्छ ।”

स्पेनको खेलकुदसम्बन्धी प्रशासनिक अदालत (टीएडी)ले सोमबार बस्ने बैठकमा ४६ वर्षीय रूवियाल्सलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गर्न सरकारले गरेको अनुरोधमाथि विचार गर्ने स्पेनी सञ्चारमाध्यमले आइतबार रिपोर्ट गरेपछि थप जटिलताको सामना गर्नुपर्ने हुन सक्छ ।