• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?

‘चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रियो’



एजेन्सी । स्पेनिस फुटबलका महान खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् ।

इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय टोलीको वरिपरि के भएको छ भनेर मेरो दुःख व्यक्त गर्न चाहन्छु ।”

सन् २०१० को पुरुष फाइनलमा नेदरल्याण्ड्सविरुद्ध गोल गरी स्पेनलाई उपाधि दिलाउन सफल इजिरेका गोलकर्ताले भने, “विश्वकप जित्ने एक टोलीको सदस्यका रूपमा मलाई उहाँको उक्त कार्य (चुम्बन)ले हाम्रो उपलब्धिलाई कलङ्कित गरेको महशुस भएको छ ।”

सिड्नीमा इङ्ग्ल्याण्डविरुद्धको फाइनलमा १–० को जित हात पारेपछि हर्मोसोले ओठमा चुम्बन गर्न आफूले कुनै पनि समयमा सहमति नदिएको बताएकी थिइन् ।

हर्मोसो र स्पेनका अन्य ८० खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् ।

महिला टोलीका अधिकांश प्रशिक्षकले पनि राजीनामा दिएका छन् ।

“राष्ट्रिय टोलीका सबै खेलाडीले अहिले कस्तो महसुस गरिरहेका छन् म कल्पना पनि गर्न सक्दिनँ । उनीहरूले आफूसँग भएको महान प्रतियोगिता र हामीलाई सिकाएको शानदार फुटबलको बारेमा कसरी कुरा गरिरहेका होलान्,” इनिएस्टाले भने ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेको थियो ।

स्पेनी महासङ्घले रुबियाल्सले आफ्नो बचाउ गर्ने बताउँदै भनेको छ, “त्यसैले सत्यको विजय हुन्छ र उनको पूर्ण निर्दोषता प्रमाणित हुन्छ ।”

स्पेनको खेलकुदसम्बन्धी प्रशासनिक अदालत (टीएडी)ले सोमबार बस्ने बैठकमा ४६ वर्षीय रूवियाल्सलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गर्न सरकारले गरेको अनुरोधमाथि विचार गर्ने स्पेनी सञ्चारमाध्यमले आइतबार रिपोर्ट गरेपछि थप जटिलताको सामना गर्नुपर्ने हुन सक्छ ।