४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर पाँच वर्ष कैद भुक्तानी गरिसकेको परिसर प्रमुख खत्रीले बताउनुभयो । पक्राउ श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरी परिसरको कार्यभार सम्हालेपछि पहिलोपल्ट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिसर प्रमुख खत्रीले कोही कसैको सरुवा हुँदैमा कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने बताउनुभयो ।

“कोही कसैको सरुवा हुँदैमा अनुसन्धान प्रभावित हुँदैन, नियमित काम भइरहन्छ, जहाँसम्म भूटानी शरणार्थी प्रकरणको कुरा छ त्यो रोकिँदैन, कानूनअनुसार अगाडि बढ्छ,” उहाँले भन्नुभयो । रासस