काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।
काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।
यस्तै, संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् । साथै, अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन समेत गरेको छ ।
लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । नवगठित कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।