४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गदर २’ बन्यो सबैभन्दा छिटो ४५० करोड कमाउने हिन्दी फिल्म



अ+ अ-

एजेन्सी । सनी देओल स्टारर ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिलिज भएको १७ दिन आईपुग्दा सम्म पनि फिल्मले उत्तिकै राम्रो कलेक्शन गरिरहेको छ ।

फिल्मले विभिन्न रेकर्डहरु तोडिरहेको छ । यसैबीच फिल्मले सबैभन्दा छिटो ४५० करोड कमाई गर्ने रेकर्ड पनि राखेको छ ।

बलिउड ट्रेड एनालिस्ट तथा क्रिटिक्स तरण आदर्शका अनुसार यो फिल्मले सबैभन्दा छिटो ४५० करोड कमाई गर्ने मामिलामा पठान, बाहुबली २ को रेकर्डलाई पछि पारेको छ । गदर २ ले १७ दिनमा ४५० करोडको आँकडा छोएको हो ।

यसअघि ‘पठान’ले १८ तथा ‘बाहुबली २’ ले २० दिनमा ४५० करोडको आँकडा भेटेका थिए ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देओलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।