३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय सिफारिस



अ+ अ-

काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताउनुभयो ।  

तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मष्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका तीन विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताउनुभयो । उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे-चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

अहिले सिफारिस गरेर पठाएका विद्यालयमा अधिकांसले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेरबार, ल्याब स्थापनाको माग गरेका छन् ।