• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला

सन्दर्भ एसिया कपः सबैभन्दा बलियो टिम कुन हो ?



एजेन्सी । विश्वका सबै क्रिकेट फ्यानमध्ये ८५ प्रतिशत एसियामा मात्रै छन् । यस सन्दर्भमा एसियामा दबदबा रहेको टोलीको हैसियत विश्व क्रिकेटमा पनि निकै उच्च छ ।

यसैबीच यस महादेशमा खेल्ने सबै टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेदेखि कसरी प्रदर्शन गरेका छन् भनेर यहाँ चर्चा गरौँ ।

भारतले एसिया कपमा ६ टोलीमध्ये सबैभन्दा बढी आईसीसी र एसीसी उपाधि जितेको छ, तर तीनवटै ढाँचामा पाकिस्तानको जितको प्रतिशत सबैभन्दा बढी छ ।

पाकिस्तानले टेस्ट, एकदिवसीय र टी–२० गरेर ४८.१९ प्रतिशत खेल जितेको छ । भारत ४६.६९ विजय प्रतिशतका साथ दोस्रो स्थानमा छ ।

अब प्रत्येक ढाँचामा टोलीहरूको प्रदर्शनबारे थोरै चर्चा गरौँ ।

भारतः २ पटक एकदिवसीय विश्वकप विजेता १ पटक टी–२० विश्वकप विजेता, २ पकट च्याम्पियन्स ट्रफि विजेता र ७ पटक एसिया कप विजेता ।

भारतीय टोली विगत ९१ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल २५ जुन १९३२ मा इङ्ल्यान्डविरुद्ध इङ्ल्यान्डमा खेलेको थियो ।

भारतले हालसम्म १८१० खेल खेल्दा ८४५ खेलमा जित, ६८१ खेलमा हार तथा २२२ खेल बराबरी गरेको छ । यस्तै, १४ खेल टाई हुँदा ४८ खेल नतिजाविहिन रह्यो ।

भारतको एकदिवसीय खेलको कुरा गर्दा हालसम्म १०३२ खेल खेलेको छ । जसमध्ये ५४१ खेलमा भारत विजयी बनेको छ । ४३९ खेलमा पराजित हुँदा ९ खेल टाई भएको छ । यस्तै, ४३ खेल नतिजाविहिन बन्यो ।

अर्कोतर्फ भारतले २०६ टी–२० खेल खेल्दा १३१ खेलमा जित, ६६ खेलमा हार ब्यहोर्दा ४ खेल टाई भएको छ । यस्तै ५ खेल नतिजाविहिन रहेको छ ।

श्रीलंकाः एकदिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफि समान १–१ पटक विजेता, ६ पटक एसिया कप विजेता

एसियाली टोलीमध्ये भारतपछि सबैभन्दा ठूलो उपाधि श्रीलंकाले जितेको छ । टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल ७ जुन १९७५ मा खेलेको थियो ।

श्रीलंकाले हालसम्म सबै फम्र्याट गरी जम्मा १३८६ खेल खेलेको छ । जसमध्ये ५८८ खेलमा जित, ६५६ खेलमा पराजय तथा ९२ खेल बराबरी खेलेको छ । यस्तै, ९ खेल टाई बन्दा ४१ खेल नतिजाविहिन बनेको छ । श्रीलंकाको एकदिवसीय खेलको कुरा गर्दा जम्मा ८९४ खेल खेलेको छ ।

जसमध्ये ४०९ मा जित, ४४१ खेलमा पराजय ब्यहोर्दा ३९ खेल नतिजाविहिन बनेको छ । साथै ५ खेल टाई भएको छ । श्रीलंकाको टी–२० खेलको कुरा गर्दा हालसम्म १७९ खेल खेलेको छ । जसमध्ये ७९ खेलमा जित निकाल्दा ९४ खेलमा भने पराजय बेहोरेको छ । यस्तै, ४ खेल टाई हुँदा २ खेल नतिजाविहिन रह्यो ।

पाकिस्तानः एकदिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफि समान १–१ पटक विजेता, २ पटक एसिया कप विजेता

ठूला उपाधि जित्ने मामिलामा भारत र श्रीलंकाभन्दा पछि परे पनि तीनै फर्म्याटमा पाकिस्तानको जितको प्रतिशत उत्कृष्ट छ ।

पाकिस्तानले हालसम्म सबै फम्र्याट गरी १६३२ खेल खेलेको छ । जसमध्ये ७८८ खेलमा जित निकाल्दा ६४० खेलमा पराजय ब्यहोरेको छ । यस्तै, १६६ खेल बराबरी हुँदा १२ खेल टाई भएको छ भने २६ खेल नतिजाविहिन रहेको छ ।

पाकिस्तानको एकदिवसीय खेलको कुरा गर्दा हालसम्म उसले ९५६ खेल खेलेको छ । जसमध्ये ५०६ खेलमा जित निकाल्दा ४२१ खेलमा पराजित भएको छ । यस्तै, ९ खेल टाई हुँदा २० खेल नतिजाविहिन बनेको छ ।

बंगलादेशः बंगलादेश टोलीले आफ्नो पहिलो क्रिकेट खेल ३१ मार्च १९८६ मा खेलेको थियो ।

बंगलादेशले हालसम्म सबै फम्र्याट गरी ७०५ खेल खेलेको छ । जसमध्ये २२६ खेलमा विजयी बन्दा ४४९ खेलमा पराजित भएको छ । यस्तै, १८ खेल बराबरीमा सकिँदा १२ खेल नतिजाविहिन बनेको छ ।

बंगलादेशको एकदिवसीय खेलको कुरा गर्दा उसले ४१५ खेलमा १५२ मा जित र २५४ खेलमा हार ब्यहोरेको छ । यस्तै, ९ खेल नतिजाविहिन बनेको छ । यो टोलीको टी–२० खेलको चर्चा गर्दा हालसम्म १५२ खेल खेल्दा ५६ मा जित, ९३ मा हार तथा ३ खेलमा टाई भएको छ ।

अफगानिस्तानः यो टोलीले कुल ५५.०१ प्रतिशत खेल जितेको छ । यद्यपि, टोलीले सबैभन्दा धेरै खेल गैर–टेस्ट खेल्ने देशहरूसँग खेलेको छ ।

अफगानिस्तानले सबै फम्र्याटमा गरी २७२ खेल खेलेको छ । जसमध्ये १४८ खेलमा जित निकाल्दा ११८ खेलमा पराजित भएको छ । यस्तै २ खेल टाई बन्दा ४ खेल नतिजाविहिन बनेको छ । अफगानिस्तानले १५० एकदिवसीय खेल खेलेको छ ।

जसमध्ये ७३ खेलमा जित निकाल्दा ७२ खेलमा पराजित भएको छ । यस्तै, ४ खेल नतिजाविहिन रहँदा १ खेल टाई भएको छ । टी–२० खेलको कुरा गर्दा अफगानिस्तानले ११५ खेल खेलेको छ । जसमध्ये ७२ खेलमा विजयी बन्दा ४२ खेलमा हार ब्यहोरेको छ । यस्तै १ खेल भने टाई भएको छ ।

यसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नोटः नेपालले पहिलोपटक ठूलो प्रतियोगिता खेल्न लागेको हो । त्यसैले यहाँ नेपालको चर्चा गरिएको छैन ।