४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई
अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ ।

यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल र पौडी विधामा देवीदल गणले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । यस्तै अछामस्थित गोरखबक्स गण द्वितीय तथा डोटीमा रहेको भैरवप्रसाद गण तृतीय भयो । गोरखबक्स गण भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा पहिलो स्थान हासिल गर्दै उपविजेता बन्यो ।

कैलालीको धनगढीस्थित तेघरी ब्यारेकमा आज आयोजित ट्रफी समापन समारोहमा सुदूरपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता अन्तर्गत श्री नंं २५ बाहिनी अड्डाले भलिबल, बक्सिङ र पौडी सञ्चालन गरेको थियो भने श्री नं ५ बाहिनी अड्डाले बास्केटबल, एथ्लेटिक्स, फुटबल, तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । ट्रफी अन्तर्गत श्री नं ५ र २५ बाहिनी अन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबल लगायतका खेल खेलाइएका थिए ।

समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी थापा, श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिपेशजङ्ग शाहलगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो । नेपाली सेनाले खेलाडीमा सामुहिक भावनाको विकास गर्न तथा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोट्स फर फ्रेन्डसिपका लागि बर्सेनि ट्रफी प्रतियोगिता आयोजना गर्दै आएको छ । रासस