२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई



अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ ।

यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल र पौडी विधामा देवीदल गणले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । यस्तै अछामस्थित गोरखबक्स गण द्वितीय तथा डोटीमा रहेको भैरवप्रसाद गण तृतीय भयो । गोरखबक्स गण भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा पहिलो स्थान हासिल गर्दै उपविजेता बन्यो ।

कैलालीको धनगढीस्थित तेघरी ब्यारेकमा आज आयोजित ट्रफी समापन समारोहमा सुदूरपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता अन्तर्गत श्री नंं २५ बाहिनी अड्डाले भलिबल, बक्सिङ र पौडी सञ्चालन गरेको थियो भने श्री नं ५ बाहिनी अड्डाले बास्केटबल, एथ्लेटिक्स, फुटबल, तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । ट्रफी अन्तर्गत श्री नं ५ र २५ बाहिनी अन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबल लगायतका खेल खेलाइएका थिए ।

समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी थापा, श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिपेशजङ्ग शाहलगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो । नेपाली सेनाले खेलाडीमा सामुहिक भावनाको विकास गर्न तथा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोट्स फर फ्रेन्डसिपका लागि बर्सेनि ट्रफी प्रतियोगिता आयोजना गर्दै आएको छ । रासस