२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव छैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीघर्कालीन रणनीतिक महत्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रुपमा यो अभियानलाई सुरु गरिएको हो ।”

सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउन लाग्ने सबैलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभयो । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको उल्लेख गर्दै उहाँले आफ्नो भारत भ्रमणमा जाँदा यस विषयमा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिनुभयो ।

प्राकृतिक कृषिका बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तथा त्यस्ता अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताउनुभयो ।

सो अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हरित कृषि अभियानलाई देशव्यापी रुपमा लैजान पार्टीले विशेष पहलकदमी लिने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता डिलाराम आचार्य, दीनानाथ शर्मा, झक्कुप्रसाद सुवेदीलगायतले अभियानको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो । रासस