१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

रूसले युक्रेन सङ्कटलाई नबढाउने– म्याक्रोन

रूसले युक्रेन सङ्कटलाई नबढाउने– म्याक्रोन
अ अ+ अ-

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले एक दिनअघि भएको वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले युक्रेन सङ्कटलाई बढाउँदैन भन्नुभएको बताउनुभएको छ । 

मङ्गलबार किभको भ्रमणका क्रममा म्याक्रोनको यस्तो टिप्पणी आएको हो ।  क्रेमलिनले म्याक्रोन र पुटिनबीच सङ्कटलाई कम गर्ने विषयमा सम्झौता भएको भन्ने कुरालाई अस्वीकार गरेको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “वर्तमान अवस्थामा मस्को र पेरिस कुनै पनि सम्झौतामा पुग्न सक्दैनन् ।”

रुसी आक्रमणको बढ्दो डरका बीचमा म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए।

मस्कोले युक्रेनको सिमानामा एक लाखभन्दा बढी सेना र सैन्य उपकरण जम्मा गरेको छ तर आफ्नो छिमेकीमाथि आक्रमण गर्ने कुनै योजना नभएको दाबी गरेको छ।

रुसले नेटोलाई युक्रेन र अन्य पूर्वसोभियत राष्ट्रमा विस्तार नगर्न माग गर्नुका साथै अमेरिका र नेटोलाई रुसनजिक आपत्तिजनक हतियार तैनाथ नगर्न र पूर्वी युरोपमा आफ्नो तैनाथी फिर्ता लिन आग्रह गरेको छ ।

म्याक्रोनले सङ्कटलाई कम गर्न कदम चाल्न सकिने विश्वास व्यक्त गर्दै  सबै पक्षलाई शान्त रहन आह्वान गरे।

पुटिन र जेलेन्स्की दुवैले आफूलाई सन् २०१४ को शान्ति सम्झौताका सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताएको उनले बताए । मिन्स्क सम्झौताका रूपमा चिनिने सो सम्झौताले उनीहरूका निरन्तर विवादहरू समाधान गर्ने बाटो प्रस्ताव गरेको उनको भनाइ थियो । एजेन्सी