१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एउटा संसदीय समितिको सभापति पाउने भएको छ ।

सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय सुनुवाइ समितिको सभापति दिने सहमति गरेको सांसद बुद्धिमान तामाङले जनाए । ‘हामीलाई संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ । त्यो पाएको खण्डमा पशुपति शमशेर राणाज्यूले नेतृत्व गर्नुहुन्छ’, उनले भने ।

यसअघि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो । भागबन्डामा नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने भनिएको थियो । अब कांग्रेसले एउटा छोड्ने भएपछि कांग्रेस तीन र राप्रपाले एक सिट पाउने भएको छ ।