१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरण: सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा



अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतमाथि किर्ते गरेको मुद्दा चलाइएको छ ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि पनि किर्ते मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उहाँहरुको पनि नाम छ ।

सरकारी पदमा हाल बहाल रहेका उहाँहरू नै सबैभन्दा उपल्लो तहका अधिकारी हुनुहुन्छ । सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाउनुभएको थियो । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिइएको थियो ।

त्यस्तै सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा किर्ते मुद्दा चलाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । त्यसपछि वैद्यलाई गृह मन्त्रालयमा तानिएको थियो । उहाँ दाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।