• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

माओवादीले संसदीय समिति सभापतिमा माधव र विमलालाई उम्मेदवार बनाउने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय समिति सभापतिका लागि आफ्नो भागमा परेको दुईजना उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीले पूर्वाधार विकास समितिमा माधव सापकोटा र कानून, न्याय तथा मानवअधिकारी समितिमा नुवाकोटकी विमला सुवेदीलाई उम्मेदवार बनाउने निर्णय हो ।

माधव सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद हुन् भने सुवेदी नुवाकोटकी समानुपातिक सांसद हुन् ।

संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ ।

भोलि हुने संसदीय समिति सभापति निर्वाचनको लागि आज अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।