७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन। ‘अन्य छिमेकी मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ। 

तथापि कोरोना अहिले ‘अन्डर  कन्ट्रोल’मा छ,’ सिएनएनको प्रत्यक्ष प्रसारणका लागि अन्तर्वार्ता दिँदै ओलीले भनेका छन्। नेपालमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ। पछिल्ला दिनमा दैनिक नौ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। त्यस्तै दैनिक ५० भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन्।

यस्तो बेलामा कोरोनाविरुद्धको लडाइँ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री ओलीले छिमेकी मुलुक, मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघसंगठनसँग सहयोगको अपिल गरेका छन्। उनले महामारीविरुद्ध आवश्यक भ्याक्सिनलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन्।

अन्तर्वार्ताका क्रममा उनले नेपालमा कोरोनाबाट हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताए। उनले यो संख्या कुल संक्रमितको एक प्रतिशतभन्दा कम भए पनि नेपालको सन्दर्भमा धेरै भएको बताए। महामारी नियन्त्रणका लागि सरकार लागिपरेको जानकारी दिँदै उनले अक्सिजन र आइसियुलगायतको प्रबन्ध मिलाइरहेको बताए। गत वर्ष नेपाल महामारी नियन्त्रण गर्न सफल भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको लापरबाहीका कारण पुनः महामारी फैलिएको बताए।

जनतालाई महामारीबाट सुरक्षित राख्न प्रयासहरू जारी राखेको पनि उनले बताए। यो समाचार नागरिक दैनिकमा छ ।