७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईवाच्छा संरक्षणको लागि तारकेश्वरमा सप्ताहज्ञान महायज्ञ शुरु



अ+ अ-

काठमाण्डौ । सडकमा वेवारिसे भेटिएका घरपालुवा जनावर संरक्षणको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले राष्ट्रिय युवा समाजको आयोजनामा तारकेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

राधा किशोरी दासीबाट कथा प्रवचन भईराखेको सो श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सयौं भक्तजनहरु सहभागी भएको महायज्ञमा सहभागी कमला केसीले बताएकी छिन् ।

महायज्ञबाट संकलित रकमबाट संस्थाले हाल संरक्षण गर्दै आएको वेवारिसे गाइवाच्छा तथा कुकुरहरुको स्याहार सुसार र संरक्षणमा खर्च गरिने उपाध्यक्ष सकुन खड्का रोक्काले बताइन् ।
सो संस्थाले बाटोमा वेवारिसे रुपमा फेला परेका घरपालुवा जनावरहरुको व्यवस्थापन तथा संरक्षण गर्दै आएको छ ।