२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलले पछि परेको अवस्थामा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई ३–२ गोलले पराजित गरेको हो । २ गोलले पछि परेको अवस्थामा युनाइटेड कमब्याक गर्दै विजयी बन्यो । खेलको चार मिनेटको अन्तरालमा युनाइटेडले दुई गोल खान पुग्यो ।

दोस्रो मिनेटमा ताइओ एओनीईले तथा चौंथो मिनेटमा विली बोलीले गोल गर्दै नटिङहमलाई दुई गोलको अग्रता दिदलाएका थिए । तर, खेलको १७ औं मिनेटमा क्रिस्टियन एरिक्सन, ५२ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै, ७६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ गोलले जित दिलाए । यो नतिजासँगै युनाइटेड ३ खेलबाट ६ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । नटिङहम समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ ।