२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु सङ्क्रमण, वीर अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीयसचिव रोशन राईले जानकारी दिनुभयो ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्कनुभएको थियो । वीर अस्पतालमा भर्ना हुनुभएका मन्त्री लिम्बूलाई डा धु्रव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।

मन्त्री लिम्बूलाई भेट्न आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुग्नुभएको थियो । उहाँले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो ।