९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन



अ+ अ-

काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ । कलाकार तथा जादूगर रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।

छोराको निधनपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उनलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको दिउँसो ३ः३० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट पीडित थिए । ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनबाट ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।