२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन



अ+ अ-

काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ । कलाकार तथा जादूगर रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।

छोराको निधनपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उनलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको दिउँसो ३ः३० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट पीडित थिए । ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनबाट ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।