९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुच्चेपाटीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ



अ+ अ-

काठमाडौँ ।  तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले सेन्टर उद्घाटन गर्नुभयो ।

सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ । रासस