२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सद्भाव नेपालीको पहिचान होः नेता डा कोइराला



file photo
अ+ अ-

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उहाँले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो ।

सङ्घीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । “जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिनुभयो । जनताले बुझने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उहाँको भनाइ थियो ।

मोरङ युनियनका नव निर्वाचित अध्यक्ष वेदराज पौडेलाई पद हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन सञ्चारकर्मीसित आग्रह गर्नुभयो । रासस