१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूहको छुट्टै छलफल



अ+ अ-

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्दैछ ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, समयावधि सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्गठन र बाँकी रहेका जिल्ला अधिवेशनलगायतका विषयमा पदाधिकारी बैठकमा छलफल हुने जनाइएको छ । बैठकमा आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।

पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूहले छुट्टै छलफल गर्दैछ । कोइरालाले पदाधिकारी बैठक तथा कार्यसम्पादन समितिको बैठकका लागि रणनीति निर्धारण गर्न आफू पक्षका पदाधिकारी र समितिका सदस्यहरुसँग दिउँसो १ बजे छलफल गर्ने भएका छन् ।