७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीमा जलयात्रा -फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाल पर्यटन वोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा बागमती नदीमा जलयात्रा गरिएको छ ।

पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाट सम्म जलयात्रा गरिएको हाे।

वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करण मनाईएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यस महोत्सवको उद्देश्य वागमती नदीलाई माया गर्ने, विभिन्न व्यक्तित्व, संघसंस्थाहरु र आम नागरिकलाई यस महाअभियानमा सरिक गराउने सत्प्रयास हो । यो महोत्सव एक साझा मञ्च हो । जसमा सबैलाई नदी नजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सृजना गर्दछ । यो महोत्सवको निरन्तरताको रुपमा स्थानीय सहभागिताद्वारा वागमती नदी किनारमा पार्क तथा खेलकुद मैदान समेत निर्माण गर्नेगरी अगाडि बढन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।’

सो जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, वागमती सफाई अभियानमा संलग्नहरु सहभागी थिए । वागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरुले सो जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ ।

तस्बिर : हरिराम भेटुवाल / रासस