४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छः उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छः उपप्रधानमन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताउनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताउनुभयो ।

“प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,” माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो ।

सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उहाँले दाबी गर्नुभयो । “भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर, भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,” उहाँले भन्नुभयो, “यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरव्याजसम्बन्धी समस्या समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उहाँले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताउनुभयो ।

कार्यक्रममा सानुराज बज्राचार्य, शङ्करलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत एक सय ५० जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले पार्टी प्रवेश गर्ने सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने प्रस्ट पार्नुभयो ।

“श्रमजीवि जनता र राष्ट्रियहितको पक्षमा माओवादीले चलाएको अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गर्ने श्रमजीवि साथीहरूको निर्णय सही छ । तपाईँहरूले सही निर्णय गर्नुभएको छ । यहाँहरूको चाहना र भावना माओवादीले पूरा गर्छ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “तपाईँहरुको आत्मसम्मान हुने गरी जिम्मेवारी दिइन्छ । सरकारले सुरू गरेको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा तपाईँहरु पनि सहभागी हुनुस्, हामी स्वागत गर्छौँ ।”

कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिइने बताउनुभयो । रासस