४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ग्रिसमा नेपालीलाई अपहरण गरेर काठमाडौँमा फिरौती लिने ४ जना पक्राउ

ग्रिसमा नेपालीलाई अपहरण गरेर काठमाडौँमा फिरौती लिने ४ जना पक्राउ
अ+ अ-

काठमाडौँ । प्रहरीले ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौँमा फिरौती लिने ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई काठमाडौँको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको जनाएका छ ।

प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने यदुराज थापाको छोरी वर्ष २५ की सबित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने वर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए । सर्बियापछि उनीहरु अपहरणमा परेका थिए ।

त्यसबारे पीडितका आफन्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी दिएपछि प्रहरीले सो सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।

ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका चारै जनालाई भदौ २ गते काठमाडौँको गौरिघाट डेरा कोठाबाट फिरौती रकमसहित प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यस्तै, ग्रीसमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्दार गर्न प्रहरी सफल भएको छ ।