४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिसमा नेपालीलाई अपहरण गरेर काठमाडौँमा फिरौती लिने ४ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौँमा फिरौती लिने ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई काठमाडौँको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको जनाएका छ ।

प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने यदुराज थापाको छोरी वर्ष २५ की सबित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने वर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए । सर्बियापछि उनीहरु अपहरणमा परेका थिए ।

त्यसबारे पीडितका आफन्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी दिएपछि प्रहरीले सो सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।

ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका चारै जनालाई भदौ २ गते काठमाडौँको गौरिघाट डेरा कोठाबाट फिरौती रकमसहित प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यस्तै, ग्रीसमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्दार गर्न प्रहरी सफल भएको छ ।