४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘गदर २’ ले भारतमा मात्रै कमायो ४१९ करोड ‘केजीएफ २’ को रेकर्ड तोड्दै

‘गदर २’ ले भारतमा मात्रै कमायो ४१९ करोड ‘केजीएफ २’ को रेकर्ड तोड्दै
अ+ अ-

एजेन्सी । सनी देओल अभिनित बलिउड फिल्म ‘गदर–२’ ले बिहीबार ८ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्सन ४१९.१० करोड पुगेको छ । फिल्म रिलिज भएको दुई साता बितिसकेको छ । तापनि गदर–२ दोस्रो हप्तामा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

फिल्मले दोस्रो हप्तामा १३४.४७ करोड कमाएको थियो । दोस्रो हप्तामा सबैभन्दा धेरै कलेक्सनको कीर्तिमान बाहुबली–२ को हिन्दी संस्करण (१४३.२५ करोड) को नाममा छ । गदर–२ ले अब ‘केजीएफ २’ को रेकर्डमा नजर राखिरहेको छ । केजीएफ–२ को कीर्तिमान तोडेर गदर–२ तेस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म बन्नेछ ।

अर्कोतर्फ अक्षय कुमार अभिनित फिल्म ‘ओएमजी २’ को कमाईमा भने कमी आएको छ । यद्यपि, फिल्मले अहिलेसम्म १२६.४२ करोड कमाएको छ ।

गदर–२ ले दोस्रो साता पनि कमाईको कीर्तिमान बनाएको छ । फिल्मले दोस्रो हप्तामा १३४.४७ करोड कमाएको थियो । यसपछि बाहुबली–२ मात्रै थियो जसले १४३.२५ करोड रुपैयाँ कलेक्सन गरेको थियो । यस सूचीमा द कश्मीर फाइल्स, पीके र दंगल जस्ता फिल्महरू पनि समावेश छन् ।

गदर-२ ले विगतमा आमिर खानको फिल्म दंगल (३८७.३८ करोड) को लाइफटाइम कलेक्सनलाई उछिनेको थियो । अब केजीएफ २ को हिन्दी संस्करणको रेकर्ड तोड्ने गदर २ को लक्ष्य छ । केजीएफ २ ले ४३४.७० करोड रुपैयाँको लाइफटाइम कलेक्शन गरेको थियो ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।