२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गदर २’ ले भारतमा मात्रै कमायो ४१९ करोड ‘केजीएफ २’ को रेकर्ड तोड्दै



अ+ अ-

एजेन्सी । सनी देओल अभिनित बलिउड फिल्म ‘गदर–२’ ले बिहीबार ८ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्सन ४१९.१० करोड पुगेको छ । फिल्म रिलिज भएको दुई साता बितिसकेको छ । तापनि गदर–२ दोस्रो हप्तामा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

फिल्मले दोस्रो हप्तामा १३४.४७ करोड कमाएको थियो । दोस्रो हप्तामा सबैभन्दा धेरै कलेक्सनको कीर्तिमान बाहुबली–२ को हिन्दी संस्करण (१४३.२५ करोड) को नाममा छ । गदर–२ ले अब ‘केजीएफ २’ को रेकर्डमा नजर राखिरहेको छ । केजीएफ–२ को कीर्तिमान तोडेर गदर–२ तेस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म बन्नेछ ।

अर्कोतर्फ अक्षय कुमार अभिनित फिल्म ‘ओएमजी २’ को कमाईमा भने कमी आएको छ । यद्यपि, फिल्मले अहिलेसम्म १२६.४२ करोड कमाएको छ ।

गदर–२ ले दोस्रो साता पनि कमाईको कीर्तिमान बनाएको छ । फिल्मले दोस्रो हप्तामा १३४.४७ करोड कमाएको थियो । यसपछि बाहुबली–२ मात्रै थियो जसले १४३.२५ करोड रुपैयाँ कलेक्सन गरेको थियो । यस सूचीमा द कश्मीर फाइल्स, पीके र दंगल जस्ता फिल्महरू पनि समावेश छन् ।

गदर-२ ले विगतमा आमिर खानको फिल्म दंगल (३८७.३८ करोड) को लाइफटाइम कलेक्सनलाई उछिनेको थियो । अब केजीएफ २ को हिन्दी संस्करणको रेकर्ड तोड्ने गदर २ को लक्ष्य छ । केजीएफ २ ले ४३४.७० करोड रुपैयाँको लाइफटाइम कलेक्शन गरेको थियो ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।