४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिचानवादीद्धारा युवा संघका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि आक्रमणको प्रयास भएको छ ।

उनीमाथि पहिचानवादी आन्दोलनकारीले आक्रमणको प्रयास गरेका हुन् ।

थेबेमाथि युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा ढुंगामुढा भएको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने बस्नेतले चेतावनी दिएका छन् ।

कोशी प्रदेशको नामाकरणको विरोधमा रहेका पहिचानवादीहरु पछिल्लो समय नेकपा एमालेका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयासमा उत्रिएका छन् ।