१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्छ: ओली



फाईल फोटो
अ+ अ-

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

मोरङको विराटनगरमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उहाँले आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने बताउनुभयो । उहाँका अनुसार त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ ।

अध्यक्ष ओलीले प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सधैँको मान्यता त्यही हो ।”

गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे सोधिएको अर्को जिज्ञासामा ओलीले त्यसलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी गर्नुभयो ।