४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लीनाको काम: एक वर्षमा नौ सय पुस्तक अध्ययन

लीनाको काम: एक वर्षमा नौ सय पुस्तक अध्ययन
अ+ अ-

स्याङ्जा । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लीना पाण्डे । आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पार्नुभएको छ ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्ताकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन । अहिले विद्यालयमा बाल पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयका व्यवस्थापक रुपा न्यौपानेले बताउनुभयो ।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको उहाँले जानकारी दिनुभयो । “बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइलारमाइला बालकथाका पुस्तक पढ्न सुरु गरेका छन्”, व्यवस्थापक न्यौपानेले भन्नुभयो, “विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्ने बानीको विकास गरिरहेका छन् ।” उहाँले बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको बताउनुभयो ।

यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए । लीनालाई पनि किताबसँग रमाउने बानीपरेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षकशिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।

व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको रेकर्ड आफूले राख्ने गरेको बताउनुभयो । “लीनाले गएको साउनदेखि अहिले साउन मसान्तसम्म आठ सय ६७ पुस्तक पेढेको रेकर्ड छ”, उहाँले भन्नुभयो । न्यौपानेका अनुसार कक्षा तीनकी कृतिका न्यौपाने र कक्षा दुईकी विभा भट्टराई पनि लीनले जस्तै धेरै पुस्तक पढ्नेमा रेकर्ड राखेका छन् ।

लीनाकी आमा रेनुका डुम्रेले लीनाले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताउनुभयो । उहाँले विद्यालयमा बाल पुस्तकालय स्थापना भएदेखि छोरीले टिभी, मोबाइललगायतका सामग्रीमा ध्यान दिन छोडेको बताउनुभयो । “स्कुलबाट फर्केपछि गृहकार्य सकाउने पहिलो काम हो, साँझको खाना खाएपछि रङ्गीन बालकथा पढ्छिन्”, डुम्रेले भन्नुभयो, “गृहकार्य गर्न र उनले सक्ने व्यक्तिगत सरसफाइका काम अर्याउन पर्दैन, घरमा पनि अनुशासित भएर अध्ययन गर्न सिकाएका हुन्छौँ ।”

लीनाले पुस्तकालयबाट किताब घरमै लगेर बाबाआमालाई पनि सुनाउने गरेको उहाँले बताउनुभयो । “एकपछि अर्को किताब कस्तो होला भन्ने लागेर नयाँनयाँ किताब पढ्छु”, लीनाले भन्नुभयो, “विद्यालय खुल्दा कहिल्यै पुस्तकालयका पुस्तक पढ्न छुटाउँदिन, किताब छानीछानी पढ्न पाइने, घरमा पनि लैजान पाइने भएकाले विद्यालय आउन मन लाग्छ ।”

लीनाले लामो समय विद्यालय बिदा हुँदासमेत पुस्तक घरमा लगेर पढ्ने गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक पशुपति पाण्डे ‘राजु’ ले बालमैत्री पुस्तकालय स्थापना भएपछि बालबालिकाले कसैको दबाबबिना पुस्तक पढ्न थालेको बताउनुभयो ।

उहाँले पुस्तकालयका कारण बालबालिकाको विद्यालयमा अनुपस्थित हुने दर कम हुँदै गएकोसमेत जानकारी दिनुभयो । प्रधानाध्यापक पाण्डेले पुस्तकालयका कारण बालबालिकामा विकास भएको पढ्ने सीप र बानीमा आएको परिवर्तन देखेर खुसी लागेको बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले यहाँका सामुदायिक विद्यालयमा कक्षा दुुईमा अध्ययन हरेक विद्यार्थीले नेपाली सरर्र पढ्न सक्ने दाबी गर्नुभयो । उहाँले यहाँका पुस्तकालय युरोपेली मापदण्डका आधारमा सञ्चालन गरिएको बताउनुुभयो ।

सूूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यहाँका सामुुदायिक विद्यालयमा क्लबले पुस्तकालय व्यवस्थापनको काम गरिरहेको बताउनुभयो । उहाँले ‘रुम टु रिड’ संस्थाको सहयोगमा बालमैत्री पुस्तकालय सञ्चालन गरिएको जनाउँदै यस अभियानमा पछिल्लो समय पालिकाले पनि लगानी गरेको बताउनुभयो । विद्यालयमा रहेका पुस्तकालयको अनुगमन, रेखदेख र व्यवस्थापनका लागि १५ शिक्षकसहित दुई जना प्राविधिक टोली खटाइएको उहाँको भनाइ थियो । रासस