४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रोहितसहित सबै खेलाडी यो–यो टेस्टमा पासः कोहली शीर्षस्थानमा

रोहितसहित सबै खेलाडी यो–यो टेस्टमा पासः कोहली शीर्षस्थानमा
अ+ अ-

एजेन्सी । एसिया कपका लागि भारतीय टोलीको क्याम्प बिहीबार बेंगलुरुमा सुरु भएको छ । शिविरको पहिलो दिन खेलाडीहरुको यो–यो टेस्ट गरिएको थियो ।

भारतीय कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्ड्या र विराट कोहली लगायत सबै खेलाडीले यो–यो टेस्ट पास गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, विराट कोहली, जसलाई टीम इन्डियाका सबैभन्दा फिट खेलाडी भनिन्छ, सबैभन्दा धेरै अंक बनाएर सूचीको शीर्ष स्थानमा छन् । उनले १७.२ अंक जोडे । यद्यपि यो–यो टेस्टको बारेमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कुनै आधिकारिक बयान जारी गरेको छैन ।

एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ कि पहिलो दिन शिविरमा सहभागी खेलाडीहरूको यो–यो टेस्ट गरिएको थियो। बीसीसीआईले फिटनेस मापदण्डलाई १६.५ मा सीमित गरेको छ । विराटले सर्वाधिक १७.२ अंक बनाए । सबै खेलाडीको यो–यो रिपोर्ट छिट्टै बीसीसीआईलाई बुझाइनेछ ।

विराटले बिहीबार इन्स्टाग्राममा यो–यो टेस्टको स्टोरी पोस्ट गर्दै उनले १७.२ अंक ल्याएको लेखेका छन् ।

के हो यो–यो टेस्ट ?
यो यो टेस्ट खेलाडीको फिटनेस र स्ट्यामिना जाँच गर्न गरिन्छ । यो परीक्षण पूर्णतया प्रविधिको सहयोगमा लिइन्छ । भारतमा, यो परीक्षण राष्ट्रिय क्रिकेट एकेडेमी, बैंगलोरमा गरिन्छ किनभने यो सफ्टवेयर त्यहाँ स्थापित छ ।

यो यो टेस्ट एक सफ्टवेयर आधारित परीक्षण हो । यसमा २० मिटरमा कोन राखिएको हुन्छ जसमा खेलाडीले दौडनुपर्छ । यो यो परीक्षण बीप परीक्षणको भिन्नता हो र यसलाई डेनिस फुटबल फिजियोलोजिस्ट जेन्स ब्याङ्स्बोले विकास गरेका हुन् ।

यो यो परीक्षामा २३ लेवलहरू हुन्छन् । खेलाडीको परीक्षण पाँचौं तहबाट सुरु हुन्छ । पाँचौं र नवौं स्तरमा एउटा शटल हुन्छ भने ११औँ गति स्तरमा दुईवटा शटल छन् । खेलाडीले प्रत्येक शटलको बीचमा ४० मिटरको दुरी पार गर्नुपर्नेछ । जुन विभिन्न स्तरहरूमा विभिन्न गतिमा हुन्छ । स्तर बढ्दै जाँदा समय घट्दै जान्छ । खेलाडीले दुई शटलहरू बीचको दूरी कभर गर्न १० सेकेन्ड पाउँछ ।

१२ औं र १३ औं गति स्तरमा पुग्दा, शटलहरूको संख्या ३ मा बढ्छ । यो–यो परीक्षाको अन्तिम स्तर २३ औं हो । अहिलेसम्म कुनै पनि खेलाडी यसको नजिक पुग्न सकेका छैनन् ।

सेप्टेम्बर ३० देखि पाकिस्तान र श्रीलंकामा सुरु हुने एसिया कपको लागि बिहीबारदेखि बैंगलोरको कर्नाटक क्रिकेट संघको क्रिकेट एकेडेमीमा खेलाडीहरूको क्याम्प सुरु भएको छ । भारतले सेप्टेम्बर २ बाट श्रीलंकामा पाकिस्तानविरुद्धको खेल खेल्दै एसिया कपमा आफ्नो अभियान सुरु गर्नेछ ।

६ दिने यस शिविरमा एसिया कपमा सहभागी १८ खेलाडीमध्ये पहिलो दिन मात्र १४ खेलाडी शिविरमा सहभागी भएका थिए । सोही क्रममा आयरल्याण्ड टुरबाट तीन खेलाडी बेङ्लुरु राति नै पुगेका थिए ।

एजेन्सीका अनुसार आयरल्याण्ड भ्रमणमा रहेको टी–२० सिरिजका लागि टिम इन्डियाका कप्तान जसप्रीत बुमराह, प्रसिद्ध कृष्णा, सञ्जु सामसन र तिलक वर्मालाई यो–यो टेस्टबाट छुट गरिएको छ । यद्यपी यी चारै खेलाडीले क्याम्पको अभ्यास सत्रमा भाग लिनेछन् ।

बुमराह र प्रसिद्ध कृष्ण आयरल्याण्ड भ्रमणबाट टोलीमा फर्किएका छन् । बुमराह ढाडको समस्याका कारण करिब ९ महिना टिम बाहिर थिए । उनी गत वर्षको एसिया कप र टी–२० विश्वकपमा पनि टोलीमा थिएनन् ।

यस वर्षको मार्चमा उनको ढाडको शल्यक्रिया गरिएको थियो र राष्ट्रिय क्रिकेट एकेडेमीमा डाक्टरहरूको निरीक्षणमा रिह्याव गर्दै थिए । जबकि प्रसिद्ध कृष्णले आफ्नो अन्तिम ओडीआई गत वर्ष अगस्टमा जिम्बावेविरुद्ध खेलेका थिए । त्यसपछि उनको स्ट्रेस फ्र्याक्चरको शल्यक्रिया गरिएको थियो ।

केएल राहुलको फिटनेसलाई शिविरभरि नजिकबाट निगरानी गरिनेछ । राहुल एसिया कपको टोलीमा छनोट भएका छन् तर सानो चोटले उनलाई एसिया कपको कम्तिमा पनि पहिलो दुई खेल खेल्न नसक्ने अवस्थामा पुर्याएको छ । मुख्य चयनकर्ता अजित आगरकरले सोमबार टोली घोषणा गर्न पत्रकार सम्मेलनमा यो कुरा पुष्टि गरेका हुन् ।

यद्यपि, राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) को मेडिकल टीम राहुलको ब्याटिङबाट खुसी छ तर उनको विकेटकिपिङलाई सावधानीपूर्वक निगरानी गरिरहेको छ । उनले गत साता एनसीएमा अभ्यास खेलपछि पिडाको गुनासो गरेका थिए ।

जबकि श्रेयस अय्यर पूर्ण रूपमा फिट र कमब्याक गर्न तयार छन् । श्रेयस मार्चपछि पहिलो पटक टीम इन्डियाको क्याम्पको हिस्सा हुनेछन् । मार्चमा अस्ट्रेलियाविरुद्धको सिरिजमा घाइते भएका उनी त्यसपछि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा छन् ।