• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

टर्कीको डढेलो नियन्त्रणमा: ४ हजार ८० हेक्टर जमिनमा क्षति



एजेन्सी । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

बिहीवार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनुभएको हो ।

उहाँले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र कयौँ घरहरुमा क्षति गरेको बताउनु भयो । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । ती मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ ।

आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो ।  यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेश्स्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।