४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चन्द्रयान–३ चन्द्रमामा पुगेसँगै क्रिकेट विश्वकप भारतले जित्ने मुम्बई इन्डियन्सको विश्वास

चन्द्रयान–३ चन्द्रमामा पुगेसँगै क्रिकेट विश्वकप भारतले जित्ने मुम्बई इन्डियन्सको विश्वास
अ+ अ-

एजेन्सी । भारतले बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । जुलाई १४ मा प्रक्षेपण गरिएको चन्द्रयान–३ अन्तरिक्ष यानले भारतीय समयअनुसार साँझ ६ः०४ बजे सफ्ट ल्यान्डिङ गरी देशभर खुशीको लहर ल्याएको थियो ।

यो चन्द्रयानले एक दिन (१४ पृथ्वी दिन बराबर) चन्द्रमाको सतहको विस्तृत विश्लेषण गर्नेछ र पानीको निशान खोज्नेछ । अमेरिका, रुस र चीनपछि भारत चन्द्रमामा आफ्नो यान अवतरण गर्ने चौथो देश बनेको छ ।

भारतको चन्द्रयान सफलतापूर्वक चन्द्रमामा अवतरण गर्दा, सोशल मिडिया प्लेटफर्महरू भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)लाई बधाई दिँदै थिए । यसैबीच इन्डियन प्रिमियर लिग (आईपिएल) फ्रान्चाइजी मुम्बई इन्डियन्सले आफ्नो ट्वीटर ह्यान्डलमा यस अवसरमा एक हास्यास्पद तस्बिर पोस्ट गर्यो ।

मुम्बई इन्डियन्सले इसरोको यस उपलब्धिलाई क्रिकेटसँग जोडेको छ र लेखेको छ कि ‘२०१९ मा इसरो र भारतीय टीम दुबै असफल थिए । अब इसरो सफल भएको छ, त्यसैले विश्वास गर्नुहोस् कि भारतीय टोली पनि क्रिकेट विश्वकप जित्न सफल हुनेछ ।’

२०१९ मा विराट कोहलीको कप्तानीमा टीम इण्डियाले उत्कृष्ट प्रदर्शन गर्‍यो र समूह चरणको शीर्ष स्थानमा रह्यो तर म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डसँग २१ रनको हार बेहोरेको थियो । रोहित शर्माले २०२१ को अन्तमा एकदिवसीयमा कप्तानीको जिम्मेवारी सम्हालेका थिए र २०२३ को विश्वकप यस ढाँचामा कप्तानको रूपमा उनको पहिलो आईसीसी टूर्नामेन्ट हो ।

सन् २०१३ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा टोलीले च्याम्पियन्स ट्रफी जितेपछि त्यसयता भारतको आईसीसी ट्रफीको खडेरी सुरु भएको थियो । रोहितको नेतृत्वमा, भारतले गत वर्ष टी–२० विश्वकपको सेमिफाइनल (इङ्गल्याण्ड विरुद्ध) र जुन २०२३ मा (अष्ट्रेलिया विरुद्ध) मा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि भिडन्त गुमाएको थियो ।

एकदिवसीय विश्वकप यस वर्षको अन्त्यतिर अक्टोबर–नोभेम्बरमा भारतीय भूमिमा आयोजना हुनेछ । आयोजक भएकाले भारत उपाधि जित्ने दावेदारमध्येको एक हो । यस हप्ताको सुरुमा ब्याट्सम्यान केएल राहुल र श्रेयस अय्यरको पुनरागमनले भारतीय एकदिवसीय टोली थप बलियो भएको छ । दुवै एसिया कप टोलीमा परेका छन् । गत हप्ता तेज बलर जसप्रित बुमराहले पनि आयरल्याण्ड विरुद्धको टी–२० शृंखलामा ११ महिनाको अनुपस्थिति छि पुनरागमन गरे, जहाँ उनले भारतीय टोलीको नेतृत्व समेत गरे ।