१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल खेल्न नेयमार भारत आउने



अ+ अ-

एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमार भारत आउने भएका छन् ।

एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्रमा नेयमार आबद्ध साउदी क्लब अल(हिलालको खेल भारतमा हुने तय भएसँगै नेयमार भारत आउने भएका हुन् ।

समूह ‘डी’मा रहेको अल–हिलालसँगै दक्षिण एसियाबाट भारतको मुम्बई सिटी पनि परेको हो । सो समूहमा इरानको नसाजी मजान्दरन र उज्वेकिस्तानको नाभबहोर पनि छन् ।

गत सिजनको साउदी प्रो लिग विजेता अल–हिलालमा ब्राजिलियन फवार्ड नेयमार यसै सिजन आबद्ध भएका छन् । अल–हिलालमा सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्वियाका मित्रोभिच पनि रहेका छन् ।

लिगको समूह चरणका खेल १८ सेप्टेम्बरदेखि होम एन्ड अवेका आधारमा हुनेछन् । १० समूह विजेता र ६ उत्कृष्ट उपविजेता नकआउट चरणमा पुग्नेछन् ।