२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशबारे सरकार: बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ



अ+ अ-

काठमाडौँ । सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ ।

बिहीवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश सरकार निर्माणबारे मुद्दा अदालतमा रहेको भन्दै अदालतको आदेशपछि मात्रै बोल्न सकिने बताउनु भयो । उहाँले मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले आफ्नालाई बचाउने, आफ्नालाई पार्ने भन्नेखालको प्रतिपक्ष आरोपको जे कुरा छ, यो व्यवहारत: खण्डित भइसकेको छ । सत्ता पक्षकै केही नेताहरु यो केसमा परिसक्नुभएको छ । जतिपनि उठेका विषयमा सिआईबीले अनुसन्धान र छानबिन गरिरहेको छ । त्यसैले यो विषय के भएको हो ? कसरी अघि बढीरहेको छ, बचाउन, नबचाउन लागिएको छ की छैन, भन्नेकुरा बाहिर बोल्न हतार हुन्छ ।’

‘सरकारको दृढ विश्वास र प्रतिवद्धता निर्दोष फस्नु हुँदैन, दोषी बाँकी हुनुहुन्न भन्ने हो । बाहिर उठेका प्रश्नमा सरकारले व्यवहारबाट जवाफ दिनेछ । कोशी प्रदेशको कुरा अदालतमा मुद्दाकै रुपमा गइसकेको छ । त्यसलाई अदालतको आदेश नआउन्जेल बोल्ने कुरा भएन । बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न नपाउने भन्ने हुँदैन मत हाल्न पाइन्छ । आदालतले नै बाँकी कुरा टुंग्याउनेछ ।’

प्रवक्ता शर्माले सकरारले कुनैपनि अनियमिततामा आफ्नालाई बचाउने काम नगरेको बताउनु भयो ।