२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुकको अन्तिम म्युजिक भिडियो ‘माया’ सार्वजनिक (भिडियो)



अ+ अ-

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको अन्तिम म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् सारुककोे अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई सम्पादन गरेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सारुककी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेत्री मेलिना जोशी, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा, आदी लगायतका उपस्थित रहेको थियो ।

रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले चलचित्र पूरा गर्न नसकेपनि सारुकको कामलाई समेटेर म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिए । ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो ’,  गुरुङले भने ।

भिडियोमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारलाई पनि समेटिएको छ ।

सारुककी आमा रुकमणिले आफ्नो छोराले कामलाई म्युजिक भिडियोको माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । यस्तै, कलाकार संघका अध्यक्ष मोहन निरौलाले सारुकले न्याय पाउनुपर्ने र यसबारे सत्य तथ्य बाहिर ल्याइदिन प्रहरीलाई अनुरोध गरे ।

सारुकले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।