२१ श्रावण २०८३, बिहीबार
,
Latest
सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराउनुभएको हो ।

उहाँले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रवार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रवार दिनको ३ बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

त्यसैगरी सभामुखले समिति सभापतिहरुको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराउनु भयो । प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।