• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

म ब्ल्याक लिस्टमा परेको छैन, फाइनान्सको केही डकुमेन्ट मिलाउन बाँकि हो– समिक्षा अधिकारी



काठमाडौं । गायिका समिक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको कुरा गलत भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै आफू ब्ल्याक लिस्टमा परेको कुरा सरासर झुठो भएको बताएकी हुन् ।

अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको उनको गुनासो छ । उनले भनेकी छन्, ‘हुन त मैले योभन्दा ठुलो प्रहारहरु खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदीबैनीहरुलाई सोध्न चाहन्छु, यहाँनिर मेरो गल्ति के भयो ? एउटा उमेर पुगेको मान्छे नियम परिधिभित्र रहेर अष्ट्रेलियामा बसाइ लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो ?’

समिक्षाले आफ्नो भिषा निवेदनमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने भनिएको र आफूले त्यो पठाइसकेको बताएकी छन् । उनले आफ्नी दिदी कुनै नियम तोडेर नभइ अष्ट्रेलियाको नियममै रहेर त्यहाँ पढिरहेको बताईन् ।

‘मलाई अहिले तिज कार्यक्रमको लागी दिदी-बहिनी इभेन्टले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक-पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ, मैले कुनै गलत काम गरेकी छैन । यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु’, उनले लेखेकी छन् ।