१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न शुरु



अ+ अ-

एजेन्सी । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गरेको छ ।

आज (बिहीवार) दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको हो ।

प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का अनुसार पानी दिउँसो १ बजेबाट फाल्न शुरु गरिएको हो । पानी फाल्न शुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले बिरोध जनाएका छन् ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।