४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल

ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल
अ+ अ-

बागलुङ । शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन ।

७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उहाँको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उहाँ दङ्ग हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म बारीमा बिताउने उहाँलाई खान लाउनको कुनै केही समस्या छैन ।

जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया बस्छन् । उहाँ आफैँ पनि पूर्व शिक्षक हुनुहुन्छ । सानैदेखि नयाँ प्रकारका फलफूल खेतीमा रुचि राख्ने उहाँले ३८ वर्ष शिक्षण पेसा गर्नुभयो । पन्ध्र वर्ष अगाडि अवकाश हुनुभएको उहाँले दुई वर्ष अगाडिदेखि व्यवसायिक ड्रागन फ्रुट्स खेती गर्न थाल्नु भएको हो । दुई छोरा र दुई छोरीले विवाह गरेर आ–आफ्नो गर्न थालेपछि अहिले घरमा अर्याल श्रीमतीसँग मात्र हुनुहुन्छ । बूढेसकालमा सुखले आराम गरेरै खान्छु भने पनि उहाँलाई सहजै पुग्छ तर उहाँ बाचुञ्जेल काम गर्नुपर्ने मान्यता राख्नुहुन्छ ।

बागलुङको बडिगाड गाउँपालिका–५ का अर्यालले गाउँभन्दा पारि गुल्मीको मुसिकोट नगरपालिका–१ मा ड्रागन फ्रुट्स खेती गर्नुभएको छ । उहाँको मुसिकोटमा पनि घर छ । गाउँमा दिनप्रति दिन घर रित्तिदैछन् । युवा शक्ति विदेश पलायन भइरहेका छन् भने, गाउँमा भएका बालबालिका र वृद्धवृद्धा पनि छोराछोरीले बजार लगेर राख्न थाले । खेतीयोग्य जमिन वनमाराले ढाक्न थाल्यो । कुनै बेला गरी खाने ठाउँ नहुँदा भोकभोकै बस्ने स्थानीय अहिले उर्वर भूमि बाँझो छोडेर विदेश तथा सहर पसेपछि उनीहरुलाई गाउँमा कसरी फर्काउने भन्ने चिन्ताले अचेल अर्यालाई सताइरहेको छ ।

विदेश जाने युवा र बजार पस्ने स्थानीयलाई गाउँमा रोक्न आफूले व्यावसायिक रुपमा ड्रागन खेती गर्न थालेको बालकृष्ण बताउनुहुन्छ । गाउँका खेतीयोग्य जमिनको सदुपयो गरि उत्पादन वृद्धि गरी गाउँमै लाखौँ कमाउने वातावरण सिर्जना गर्ने उहाँको भनाइ छ । गाउँघरमा आम्दानीका धेरै स्रोत हुँदाहुँदै पनि युक्त शक्ति विदेश पस्नु गलत भएको अर्याल बताउनुहुन्छ । पछिल्लो समय आधुनिक प्रविधिका कारण कृषिलाई सहज बनाएको र उत्पादन बढाउन टेवा पुर्‍याएको भन्दै युवालाई त्यसतर्फ आकर्षित गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ ।

“उमेरले केही फरक पार्दैन, शरीरमा बल छ, काम गर्ने सिप छ, मलाई यतिकै बसेर खान पनि पुग्छ तर म बाजुञ्जेल सक्रिय जीवन बिताउनुपर्छ भन्ने लाग्छ, अहिले गाउँका सबै घर बारी खाली हुन थाले, अब मान्छेलाई कसरी गाउँमा टिकाउने होला ?,” उहाँले भन्नुभयो, “मैले अब गाउँकालाई बजार जानबाट रोक्नुपर्छ, यहीँ मैले लाखौँ कमाए भने, अरुले पनि त्यो सिकेर गाउँमै रोक्न सकिन्छ कि भन्ने लागेको छ, अरुलाई पनि खेती गरी आम्दानी राम्रो हुन्छ भनेर सिकाएको छु ।”

अहिले पनि गाउँमा उहाँलाई सबैले ‘हेडसर’ भन्छन् । बारीमा काम गर्नुका साथै उहाँले गाउँ वरपरका युवा र स्थानीयलाई गाउँमै बस्न प्रेरित पनि गर्नुहुन्छ । सरकारले गाउँका मान्छेलाई गाउँमै रोक्न नसके राज्य परनिर्भर भन्ने चिन्ता उहाँमा छ । आफूले यो खेतीलाई नमूना बनाएर अमेरिका र अष्ट्रेलिया रहेका छोरा बुहारीलाई गाउँ फर्काउने योजना रहेको सुनाउनुभयो । रु २० लाखबाट सुरु गरेको ड्रागन फ्रुट्स खेती बढाउँदै जाने सोचमा बालकृष्ण हुनुहुन्छ । उहाँले लगाएका ड्रागनका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । पहिलोपटक उत्पादन दिन थालेका बिरुवा यस वर्ष १० क्विन्टल बढी ड्रागन फ्रुट्स बिक्री गर्ने उहाँको भनाइ छ ।

“यो फल बहुगुणी र पौष्टिकतत्वयुक्त हुन्छ, महँगो पनि पर्छ, मैले पठाउने भनेको काठमाडौँ हो, काठमाडौँमा यसको मूल्य अहिले एक किलोको छ सयदेखि आठ सय रुपैयाँसम्म पर्छ, अर्को वर्ष यसको दोब्बरतेब्बर फल्ने आँकलन गरेको छ, यसरी गाउँमा फल्ने उत्पादनलाई बजार बठाउन सके गाउँमै पनि लाखौँ आम्दानी गर्न सकिन्छ, विदेशबाट फलफूल आयात गर्न पर्दैन” उहाँले भन्नुभयो, “खेतबारी आम्दानीका स्रोत हुन् यिनको सही प्रयोग गरेर विदेश गएका छोरा बुहारीलाई गाउँ फर्काउने लक्ष्य छ ।”

उहाँले गाउँपालिका/नगरपालिकाले कृषकका लागि बनेर करोडौँ बजेट खर्च गरेको भन्दै अहिलेसम्म आफूले कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो । स्थानीय सरकारले भूगोल र माटो अनुसार कृषकलाई उन्नत जातका बीउबिजन प्रदान गर्ने र समय–समयमा तालिम परामर्श दिएर व्यावसायिक बनाउन प्रेरित गरे धेरै युवा विदेश जानबाट रोकिने उहाँको भनाइ छ । पछिल्लो समय युवा शक्तिमा स्वदेशमा काम गर्न गाह्रो हुने भन्दै विदेशमा उनीहरुलाई आनन्द नभएको अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम गर्न पर्‍यो, काम गर्ने हो भने लाखौँ कमाउन सकिन्छ, आफ्नो गाउँ घरमा बारीमा काम गर्न लाज मान्ने, विदेश गएर जे गर्न पनि तयार भएर हुन्छ रु, आफ्नो भूमिमा स्वाभिमानका साथ कर्म गर्ने हो भने, लाखौँ रकम यहाँ पनि कमाउन सकिन्छ, मेरा पनि छोरा भतिज विदेश गएका छन्, उनीहरुलाई त्यहाँ आनन्द छैन, जति आनन्द यहाँ छ ।” रासस