१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल बाबुको अध्यक्षतामा जुआनमा नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाण्डौ । जापानमा उच्च शिक्षा हासिल गरि फर्केका नेपाली विद्यार्थीहरुको संस्था जापान युनिभर्सिटी एलुम्नाई एशोसियसन नेपाल ‘जुआन’ को बुधबार सम्पन्न निर्वाचनबाट सुनिल बाबु श्रेष्ठको अध्यक्षतामा आगामी दुईवर्षका लागि १३ सदस्यीय नयाँ कार्यकारीणी समिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.होमनाथ चालिसे, महासचिवमा प्रमोद पौडेल, सचिवमा मनसा थापा ठकुराठी, कोषाध्यक्षमा निर्मला देवी भट्ट चयन भएका छन । यसैगरि कार्यसमितिका अन्य सदस्यहरुमा मधुसुदन गौतम, प्रताप छत्कुली, सहज श्रेष्ठ, विद्या पोखरेल, रशिला देशार, सन्तोष अर्याल र डा. केशव श्रेष्ठ छन् ।

नवनिर्वाचित कार्यकारी समितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत डा.रोहित पोखरेलले प्रमाणपत्र र एक/एक वटा इण्डोर प्लाण्ट वितरण गरे ।

संस्थाका संस्थापक अध्यक्ष हरेन्द्र विकास बरुवाको उपस्थितिमा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष डा.प्रविण श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना दिनुको साथैै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने निर्वतमान कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष सुनिल बाबु श्रेष्ठले सबैको साथ र सहयोगबाट अघि बढ्ने र संस्थालाई नयाँ उचाँईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे भने संस्थाका पुर्व अध्यक्ष मनोज गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।