४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौंमा १४ औं तीज मेला शुरु

काठमाडौंमा १४ औं तीज मेला शुरु
अ+ अ-

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तीज मेला शुरु भएको छ । बुधवारबाट शुरु भएको मेलामा तीज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तिजलाई लक्षित गर्दै आजबाट तिज मेला शुरु भएको हो । आजदेखि शुरु मेला १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनस्थलमा बोल्दै इभेण्ट एण्ड मार्केटिङका प्रवन्ध निर्देशक अनिश श्रेष्ठले मेलाबाट एक करोडौं रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको बताउनु भयो । उहाँले यो भन्दा अगाडी २० हजार जनाले मेलाको अवलोकन गरेको भन्दै यस पटक ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनु भयो ।

मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ । उहाँले मेलामा बंगलादेश, इङ्ग्ल्याण्ड लगायतका देशका ७० वटा स्टल राखिएको बताउनु भयो ।

श्रेष्ठले भन्नुभयो, ‘यो १३ औं तीज मेला सकेर १४ औं तिज मेला गर्दैछौं । अहिले स्टलमा परिणत गरेका छौं । तिज मेला स्पेसल्ली महिला सशक्तिकरणका लागि आफ्नै गर्ने बाटो के के गर्न सकिन्छ ? आफूले सक्ने हामीले स्थान दिएर व्यवस्थापन होस् भन्ने सोचले मेला शुरु गरेका हौँ ।

यसमा हामीले च्यारिटी स्टलहरुपनि राखेका छौं । जसमा माईती नेपाल अरु अरु हुनुहुन्छ । विदेशी, बंगलादेश, इङ्ग्ल्याण्डसहितका देशहरुसहित गरी ७० वटा स्टल रहेका छन् । भदौ ६ गते देखि १० गतेसम्म हुँदैछ । यो स्पेसल्ली तीज मेला हो । यो भन्दा अगाडी पाँच दिनमा २० हजार मान्छे आउने गर्थे । व्यापारपनि हुन्थ्यो । पहिलेको छाप हुनाले ४०÷५० लाख सम्मको व्यापार हुने गथ्र्यो । यो चोटी अलिकती बढी होस् भनेर विचार ग¥याछु । हाम्रो टार्गेट एक करोडसम्म होस् भन्ने हाम्रो टार्गेट छ । मान्छे चाहीँ २० हजारदेखि ३० हजारसम्म आउने लक्ष्य गरेका छौं । त्यही अनुसार हामीले व्यवस्थापन गर्र्दैछौं । ’

उहाँले यसअघि ४०/५० लाखसम्मको व्यापार हुने गरेकोमा यो पटक एक करोड रुपैयाँसम्म कारोवार हुने लक्ष्य लिएको बताउनु भयो । मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।