२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुन्छ: सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यसबारेमा चिन्ता व्यक्त गर्नुभएको हो । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेसँगै उहाँले उच्चस्तरीय छानबिन समितिमाथि प्रश्न उठाउनु भयो । उहाँलै शीर्ष नेताहरुको बैठक बस्दा शुरुवात भएका प्रकरण आझेलमा पर्ने हुन् की भन्ने चिन्ता नागरिकमा छाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गल्ती गर्नेहरुले कहीँ न कहीँ राज्यको विधि र कानूनको शासनभित्र रहेर सजायको भागिदार हुनुपर्छ भन्नेकुराको जुन प्रक्रियाको शुरुवात आज भएको छ, क्याबिनेटले शुरुवात गरेको छ, प्रधानमन्त्रीले अगुवाइ गर्नुभएको छ, म हार्दिक धन्यवाद र आभार पनि भन्न चाहन्छु । यो प्रक्रियामा प्रतिवेदनदेखि प्रतिवेदनसम्म पुग्नेगरी यो जुन प्रकारको उच्चस्तरीय समिति बनाउने कुरा भएको छ, यसको स्वागत गर्दै प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र घटना रोक्ने काम नहोस् ।

प्रतिवेदन बनिसकेपछि हाम्रा सम्बन्धित नियकाहरुले अघि बढाएका कामहरु जो संविधानमा नै व्यवस्था गरेर सिबिआईलाई हामीले जिम्मा दिएका छाँै, अख्तियार अनुसन्धान आयोगलाई हामी जिम्मा दिएका छौँ, राजश्व अनुसन्धान केन्द्रलाई जिम्मा दिएका छौँ । ति निकायहरु कुनै दल विशेषका नियकाहरु होइनन्, ति निकायहरु संविधानद्वारा बनाएका हौँ । ती निकायहरुको मनोबल नगिराऔँ । ति निकायहरुलाई अझ बढी सशक्त बनाएर आवश्यक परे यो संसदले कानूनसमेत बनाएर देशमा सुशासनको प्रत्याभिुति दिनुपर्छ । आज शीर्ष नेताहरुको बैठक बसिरहँदा यी शुरुवात भएका प्रकरण आझेलमा पर्ने हुन् की भन्ने गम्भीर चिन्ता छ, यसप्रति पनि सम्मानित सदनको ध्यानाकर्षण गर्दछु । कतै छानबिनको अर्को अध्ययनको नाममा भइराखेको अनुसन्धान कतै बीचमै हराउने हो की भन्ने जनताको चासो छ । गाडी सीप भएको मान्छेले मात्रै चलाउनसक्छ । बीचमै हाइज्याक गरेर सीप नभएकोले गाडी चलायो भने दुर्घटना हुन्छ ।’

सांसद पौडेलले विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र घटना रोक्ने काम नगर्न आग्रह गर्नुभयो ।