१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराकी पत्रकार एलिजाको निधन



अ+ अ-

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी)मा लगेर उपचार थालिएको थियो । अवस्था जटिल हुँदै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरिर आगोले ६० प्रतिशत जलिसकेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०५५ मा पोखराको भलाममा जन्मिएकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा सक्रिय थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् ।

उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जलीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएपछि अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो । चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शवमा झण्डा ओढाएको थियो ।