२१ पुष २०८१, आईतवार
,
Latest
बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने सर्वोच्च अदालत बार एसोसिएनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि पत्रकार पुडासैनीको अन्त्येष्टि ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान पत्रकार पुडासैनीको अन्त्येष्टि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँः अध्यक्ष दाहाल रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकूल मौसमले हवाई उडानमा समस्या



file photo
अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेकोे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे जानकारी दिनुभयो । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्जको सबै उडान रद्द गरिएको छ ।

काठमाडौँ–पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुन: उडान सञ्चालन गरिएको उहाँको भनाइ थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रासस