१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दावा लामाको फोन संवाद संसद्ले जस्ताको तस्तै सुन्न पाओस् – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दावा लामाको टेलिफोनमा भएको रेकर्ड संसद्ले जस्ताको तस्तै हेर्न पाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले दावा लामाको फोन रेकर्डमा थुप्रै सूचनाहरु रहेको बताउँदै यस्तो माग राखेका हुन् ।

सभापति लामिछानेले भने – ‘फरेन्सिक ल्याबबाट दावा लामा भनिएका व्यक्तिको टेलिफोनमा भएको रेकर्ड संसदीय समिति वा संसद्ले जस्ताको तस्तै हेर्न पाओस् जहाँभित्र अत्यन्त धेरै सूचनाहरु छन् जसको जानकारी हामीलाई प्राप्त भएको छ । हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ ।’

यस्तै, सभापति लामिछानेले संसद् जनताको आवाज बोल्ने ठाउँ रहेको बताउँदै यसलाई बन्द गर्नु भनेको देशका नागरिकलाई अन्याय गरिनु रहेको बताए । सबै छलफलहरु संसद्मै हुनुपर्ने उनको भनाई छ ।