• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

दावा लामाको फोन संवाद संसद्ले जस्ताको तस्तै सुन्न पाओस् – रवि लामिछाने



काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दावा लामाको टेलिफोनमा भएको रेकर्ड संसद्ले जस्ताको तस्तै हेर्न पाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले दावा लामाको फोन रेकर्डमा थुप्रै सूचनाहरु रहेको बताउँदै यस्तो माग राखेका हुन् ।

सभापति लामिछानेले भने – ‘फरेन्सिक ल्याबबाट दावा लामा भनिएका व्यक्तिको टेलिफोनमा भएको रेकर्ड संसदीय समिति वा संसद्ले जस्ताको तस्तै हेर्न पाओस् जहाँभित्र अत्यन्त धेरै सूचनाहरु छन् जसको जानकारी हामीलाई प्राप्त भएको छ । हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ ।’

यस्तै, सभापति लामिछानेले संसद् जनताको आवाज बोल्ने ठाउँ रहेको बताउँदै यसलाई बन्द गर्नु भनेको देशका नागरिकलाई अन्याय गरिनु रहेको बताए । सबै छलफलहरु संसद्मै हुनुपर्ने उनको भनाई छ ।