१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभाको बैठक अनिश्चितकाल सम्म स्थगित



अ+ अ-

विराटनगर ।  कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगन गरिएको हो ।

आजको प्रदेशसभामा प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत० को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफल हुने कार्यसूची रहेको थियो ।

आज दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक केही समय ढिला गरी सञ्चालन हुने क्रममा विरोध सुरु भएपछि सभामुख मन्सुरीले बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो ।

यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया गैरकानुनी र असंवैधानिक भएको भन्दै एमाले र राप्रपाले विरोध गरेको छ ।  रासस